Sudur Paschim Samaj Welcome Decriminalization of Section 377 in India

Sudur-Paschim-Samaj-512x512

Sudur Paschim Samaj welcome the 6th September 2018 Supreme Court of India landmark decision on decriminalizing homosexuality .“The court has affirmed that no one should be discriminated against for whom they love or what they do in the privacy”. The judges unanimously ruled that consensual same-sex relationships are no longer a crime, deeming Section 377 “irrational, arbitrary and incomprehensible”. Overturning a 157- year-old law criminalizing LGBTI is a landmark victory for the world and we hope the decision to bring the changes in life of LGBTI in India and positive changes in the region. We would like to thank Judges of Supreme Court of India who involved in this decision and would like to congratulate all the LGBTI activists and supporters to make this happen.

President
Ashika Chaudhary

 

सुदुरपश्चिमलाई ५० हजार रुपैयाँ राशीको राष्ट्रिय फुटसलको उपाधी

31073117_1555166607962344_692352000880279552_nयौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसलको उपाधी सुदुरपश्चिमले कब्जा गरेको छ । फाइनलमा काठमाडौं ए लाई ८ शुन्यले स्तव्ध पार्दै सुदुरपश्चिमले उपाधी कब्जा गरेको हो । नेपालमा सरकारी स्तरबाट पहिलो पटक भएको यौनिक तथा लैंगिक अल्पसख्यकहरुको राष्ट्रिय फुटसलको उपाधीसँगै सुदुरपश्चिमले ५० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र हात पारेको छ ।

काठमाडौं ए ले दोस्रो स्थान हासिल गर्दै ३० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र पाएको छ । ७ वटा टोलीले भाग लिएको प्रतियोगितामा काठमाडौं बि ले तेस्रो स्थानमा चित्त बुझाएको छ । उसले पूर्वाञ्चललाई शुन्यका विरुद्ध २ गोलले हराएर तेस्रो स्थानमा चित्त बुझाएको हो । काठमाडौं बि ले २० हजार रुपैयाँ नगद सहित शिल्ड र प्रमाणपत्र पाएको छ ।

काठमाडौं ए ले काठमाडौं बि लाई शुन्यका विरुद्ध १ गोलले हराएर फाइनल पुगेको हो भने सुदुरपश्चिमले पुर्वाञ्चललाई शुन्यका बिरुद्ध १० गोलले हराएर फाइल पुगेको हो । दोस्रो दिनको लिग चरणको खेलमा मध्यमाञ्चललाई सुदुरपश्चिमाञ्चलले शुन्यका बिरुद्ध ६ गोलले हरायो भने पश्चिमाञ्चललाई काठमाडौं ए ले १ का बिरुद्ध ४ गोलले हरायो ।

यस्तै लिग चरणकै अर्को खेलमा मध्यपश्चिमाञ्चललाई पूर्वाञ्चलले शुन्यका विरुद्ध १ गोलले हराएको राष्ट्रिय फुटसल संघका अफिसियल बिकि सिलाकारले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदको आयोजना, नील हिरा समाजको व्यवस्थापन र फुटसल संघको संयोजनमा नेपालमा पहिलो पटक सरकारी स्तरबाट यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगिताको उपाधी बिजेता टोलीका टोली नेता राजु लामाले अवसर पाए अन्तराष्ट्रिय स्तरमा हुने खेलमा पनि प्रतिष्पर्धा गरेर उपाधी ल्याउने धोको रहेको वताए । काठमाडौं ए का क्याप्टेन बिश्वराज अधिकारीले सुदुरपश्चिमले उपाधी लगे पनि खुशी नै लागेको भन्दै दोस्रो स्थान प्राप्त गर्दा गर्वको महसुस भएको वताए ।

काठमाडौंका बि का क्याप्टेन सुदीप गौतमले राम्रो समन्यवमा भएको खेलमा तेस्रो स्थान पाउँदा उपाधी पाए सरहको खुशी लागेको वताए । विजेता प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले उद्घाटन गरेका थिए ।

दुई दिनसम्म चलेको फुटसल प्रतियोगितामा देशभरबाट ६३ जना यौनिक तथा लैंगिक अल्पसंख्यक खेलाडीले भाग लिएका थिए । यो प्रतियोगिता सम्पन्न गर्न १० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

परिषदले यो सुरुवात मात्रै भएको र अब यसले निरन्तरता पाउने वताएको छ । नील हिरा समाजले परिषदमा यौनिक तथा लैंगिक अल्पसंख्यक खेलकुद संघ नै दर्ता गर्न प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।

नेपालमा सन् २०१२ मा पहिलो पटक नील हिरा समाजको आयोजनामा दक्षिण एसिया स्तरको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको खेल महोत्सव भएको थियो ।